Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • शंकर पोखरल भन्छन्-‘हिंसा छोड्दा विप्लव र राजतन्त्र छोड्दा थापालाई साथ दिनु आवश्यक छ’

    शंकर पोखरल भन्छन्-‘हिंसा छोड्दा विप्लव र राजतन्त्र छोड्दा थापालाई साथ दिनु आवश्यक छ’

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 939
    SHARES

    काठमाडौं । एमाले महासचिव शंकर पोखरलले सूर्य चिह्न अरू दलले स्वीकार्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

    कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने प्रसंगबारे बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    उनले विखण्डनलाई छोड्दा सीके राउतलाई, हिंसालाई छोड्दा नेत्रविक्रम चन्द ‘विप्लव’लाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनुपर्ने बताए ।



    उनले लेखेका छन्-‘विखण्डनको वाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरुदलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।’

    राप्रपा नेपाल र नेपाल परिवार दलले आगामी स्थानीय चुनावमा सूर्य चिह्नबाट चुनाव लड्ने भएपछि एमाले नेता भीम रावल लगायतका प्रश्न उठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार