काठमाडौं । बलिउड अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् ।
आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आएका हुन् ।
उनले नेपाल आएको बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले ‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइन । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’
सोहेलले ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरे । कार्यक्रममा बालबालिका र महिलाहरु पनि उपस्थित हुने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए ।
उनले ‘दबङ रिलोडेड टुर’ शो हेर्नको लागि आउन सबैलाई अनुरोध गरेका थिए । ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।
Leave a Reply