Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • प्रचण्डले भने – एमालेका धेरै इमान्दार नेता नेतृत्वको बन्दी भए

    प्रचण्डले भने – एमालेका धेरै इमान्दार नेता नेतृत्वको बन्दी भए

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 981
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै इमान्दार नेता नेतृत्वको बन्दी भएको बताएका छन् ।

    बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले एमालेभित्रका इमान्दार नेता तथा कार्यकर्ता नेतृत्वको बन्दीमा भएको बताए।



    उनले उनीहरूको नेतृत्व पनि आफूले गर्ने जिकिर गरे । प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे।



    पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्डले त्यो मात्रै पर्याप्त भने नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार