Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गाँजा पास गराउन प्रहरीले उल्टै हवाईफायर गरेको स्थानियको आरोप

    गाँजा पास गराउन प्रहरीले उल्टै हवाईफायर गरेको स्थानियको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    चितवन । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले दुई राउन्ड हवाईफायर गरेको छ ।

    झडपमा परि प्रहरीतर्फ तीन जना घाइते भएका छन् भने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अबैध ३४ केजी गाँजा बरामद गरेको पनि जनाएको छ।



    ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट असई हुसेन काजी राईको कमाण्डमा खटिएको १० जनाको टोली र स्थानियबीच झडप भएको वताइएको छ।



    राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौकीडाँडामा गाजा तस्करलाई प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाईफायर गर्नुपरेको प्रहरी स्रोतले जनाएको छ ।

    स्थानीयले भने प्रहरीकै मिलेमतोमा गाँजा ओसारपसार हुने गरेको आरोप लगाएका छन् । शुक्रबार राती राप्ती नगरपालिकाको वडा नम्बर ५ स्थित चौकीडाँडा भन्ने ठाउँमा रोटरी क्लबको बा १२ च २७१ नम्बरको रातो गाडीमा गाँजा तस्करी भइरहंदा त्यहाँका युवाहरुले रंगेहात नियन्त्रणमा लिएका थिए।

    गाँजा नियन्त्रणमा लिएको प्रहरीले तस्करलाई पक्राउ गर्नुको सट्टा उल्टो स्थानीयलाई दमन गरेको आरोप स्थानीयको छ । प्रहरीले गाँजा पास गराउन उल्टै हवाईफायर गरेको स्थानियको आरोप छ।

    लकडाउनको समयमा गाँजा तस्करलाई चितवन प्रहरीले संरक्षण गरेको भन्दै आक्रोशित बनेका स्थानीयलाई प्रहरीले एकाएक दमन गर्नु प्रहरीकै संरक्षणमा गाजा खेती खुलेआम भइरहेको एक स्थानिय वताउंछन् ।

    केही दिन यता नेपाल प्रहरीले गाँजा तस्करलाई संरक्षण गर्न थालेपछि शसस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गर्न थालेको छ। मकवानपुरमा तीन दिन अघि मात्र शसस्त्रको टोली ५० केजी गाँजा बरामद गरेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार