Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादी केन्द्रले पठायो गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न विशेष सर्कुलर

    माओवादी केन्द्रले पठायो गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न विशेष सर्कुलर

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 984
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न पार्टी मातहतका कमिटीलाई विशेष सर्कुलर पठाएको छ ।

    सत्ता गठबन्धनबीच भएको निर्णय र सहमति कार्यान्वयन गराउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसहितको सर्कुलर जारीगरेका हुन् ।



    सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । उनका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर बुधबार पार्टी पंक्तिमा सर्कुलर पठाइएको हो ।



    पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँटका लागि जिल्ला स्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने कुरा उल्लेख गर्दै सर्कुलरमा भनिएको छ – ‘हाम्रो पार्टीबाट संयन्त्रमा पालिकास्तरमा सम्बन्धित पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुने । जिल्ला स्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेश स्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुने । गठबन्धनको ७ बुँदे आधारहरू र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे निर्देशन अनुसार गर्ने ।’ नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार