काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने वताएका छन्। उनले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको भन्दै गुनासो गरे ।
पूर्वराजा शाहले भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने वताए ।
नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले भनेका छन्, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’
पूर्वराजा शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका छन् ।
Leave a Reply