Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • महामारीमा भारतले नेपाली भूमिमा गरेको गलत हर्कतको बिरोधमा प्रदर्शन

    महामारीमा भारतले नेपाली भूमिमा गरेको गलत हर्कतको बिरोधमा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 4.9K
    SHARES

    काठमाडौं । कोरोना महामारीका बेला भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि त्यसको बिरोध भएको छ।

    भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेपछि सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार त्यसको बिरोधमा जुलुस प्रदर्शन गरेको छ ।



    लकडाउनका बीच पनि अनेरास्ववियुले भारतले नेपाली भूमि मिचेकोमा बिरोध प्रदर्शन गरेको हो । ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय बिस्तारवाद मूर्दावाद’ जस्ता नारा प्रदर्शनमा लगाइएका थिए । उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए।



    सिंहले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार