Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सात महिनालाई धान्न पुग्ने मात्र विदेशी मुद्रा सञ्चिति, अर्थतन्त्र संकटमा परेको संकेत

    सात महिनालाई धान्न पुग्ने मात्र विदेशी मुद्रा सञ्चिति, अर्थतन्त्र संकटमा परेको संकेत

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ४ महिनाको वस्तु आयात र ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    मंगलबार आठ महिनाको प्रतिवेदन सार्वजनिक गर्दैै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति २०७८ फागुन मसान्तमा शून्य दशमलव ९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड मात्र रहेको छ । २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेको थियो ।



    केन्द्रीय बैंकका अनुसार फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव २ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकसहितसँग रहेको विदेशी मुद्रामा भने २०७८ फागुन मसान्तसम्ममा १६ दशमलव ३ प्रतिशतले कमी आएको छ ।



    २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८ दशमलव ५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

    रेमिट्यान्स कम मात्र आउनु, निर्यातमा कमी हनु, आयात बढ्नु, वैदेशिक अनुदान र लगानी नआउनुजस्ता कारणले विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो । वैदेशिक मुद्रा सञ्चितिमा मात्र नभई अन्य क्षेत्रमा पनि संकट उत्पन्न हुन थालेको संकेत राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार