Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भारतको केबुलकारमा अड्किएका ४७ जनाको उद्धार, तीनको मृत्यु

    भारतको केबुलकारमा अड्किएका ४७ जनाको उद्धार, तीनको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 945
    SHARES

    एजेन्सी । भारतको झारखण्डमा ४६ घन्टापछि केबलकारमा अड्किएका सबैको उद्धार भएको छ ।

    झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए । यो सँगै केबलकारमा रहेका ४७ जना अड्किएका थिए ।



    भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी, स्थानीय अधिकारीको सहायतामा केबलकारमा फसेकाहरूको ४६ घन्टापछि उद्धार गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।



    मन्त्रालयका अनुसार केबलकारमा फसेकामध्ये २ महिलासहित ३ जनाको ज्यान गएको छ । केबलकारमा फसेकाहरूलाई ड्रोनको साहयताबाट खानेकुरा पठाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार