Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोनाको परीक्षणका लागि सेनाको टोली हटस्पटमा

    कोरोनाको परीक्षणका लागि सेनाको टोली हटस्पटमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ। कोरोना भाइरस (कोभिड -१९) को संक्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएका ठाउँमा नमूना संकलनका लागि नेपाली सेनाको टोली पठाइएकाे छ। स्वास्थ्य मन्त्रालयले पाँच हजार ३०० स्वाब संकलन गरी कोभिड-१९ परीक्षण गर्ने योजनाअनुसार विभिन्‍न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाएको हाे।

    नेपाली सेनाको छाउनीस्थित कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज प्रदेश नं १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का जोखिम तथा सम्भावित संक्रमणयुक्त जिल्लामा पठाइएको हो ।



    उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परीक्षण गर्ने योजना छ।



    वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो। नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ भने उदयपुरमा २८ जना संक्रमित छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार