Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ

    लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    सर्लाही । कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमणकाे राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।



    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।



    लालवन्दी नगरपालिका-१५ बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ। ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार