Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दिल्लीमा उद्योगहरू बन्द भएपछि पर्वतका ५० नेपाली मजदुर अलपत्र

    दिल्लीमा उद्योगहरू बन्द भएपछि पर्वतका ५० नेपाली मजदुर अलपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.2K
    SHARES

    पर्वत।  भारतको दिल्लीमा  होटल तथा उद्योगहरू बन्द भएपछि त्यहाँ कार्यरत पर्वतका ५० नेपाली मजदुर अलपत्र परेका छन्। अलपत्र परेका मजदुरले सरकार संग उद्दारका लागि माग गरेपनि सरकारले नसुनेको उनीहरुको गुनासो छ। होटल तथा उद्योगहरू बन्द भएपछि स्थित सकरपुरमा काम गर्ने ५० मजदुर अलपत्र परेका हुन ।

    अलपत्र परेका मजदुरमा पर्वतको कुस्मा नगरपालिका १० पिपलटारीका बासिन्दा रहेका छन । उनीहरु संगै कञ्चनपुर, कास्की, काठमाडौं र दार्जिलिङका १/१ मजदुर पनि अलपत्र परेका छन ।



    गाँस न बासको अवस्थामा पुग्न लागेका सबै जनाको अवस्था हरेक दिन दर्दनाक बन्दै गइरहेको छ ।अधिकांशले वर्षौँदेखि होटल तथा रेष्टुरेन्टहरुमा काम गर्दै आएका थिए भने केहीले विद्युतीय सामग्रीहरू बिक्री गर्ने पसलमा हेल्परको काम गर्ने गरेका थिए।



    कोरोना भाइरसको जोखिम बढ्दै जाँदा भारत सरकारले लकडाउन लागू गरेपछि होटेल, रेस्टुरेन्ट तथा विद्युतीय पसल बन्द भएपछि कार्यरत मजदुर तथा कर्मचारी पनि निकालिए।

    कामबाट निकालिने बेलामा आफूहरुले पाउनुपर्ने पछिल्लो २ महिनाको तलबसमेत नदिइएका कारण दाल र चामलसमेत किनेर खान नसक्ने अवस्था आइसकेको उनीहरूले बताएका छन्।

    झन्डै ४० दिनदेखि एउटै ‘बिल्डिङ’ मा थुनिएर बसेको र आफूहरू कोहीसँग पनि रासन कार्ड नभएका कारण भारत सरकारले पनि कुनै सुविधा र चासो नदिएको उनीहरुको भनाइ छ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार