Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बझाङमा एमाले अध्यक्ष ओली उपस्थित सभा हेर्न पुगेका किशोरको खोलामा डुबेर मृत्यु

    बझाङमा एमाले अध्यक्ष ओली उपस्थित सभा हेर्न पुगेका किशोरको खोलामा डुबेर मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.2K
    SHARES

    कैलाली । बझाङमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

    जिल्ला बित्थडचिर गाउँपालिका-४ देउलेख घर भएका १६ वर्षीय कमल बोहराको सदरमुकाम चैनपु स्थित बउलि खोलामा मृत्यु भएको हो ।



    नेकपा एमाले बझाङले आयोजना गरेको जनसभामा सहभागी हुन चैनपुर पुगेका बोहराको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



    आज दिउँसो करिब ४ बजे कार्यक्रम चलिरहेको समयमा नुहाउने क्रममा खोलामा डुबेका उनको समयमै उद्धार नभएकाले घटनास्थलमै मृत्यु भएको हो । शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिमखेतमा राखिएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार