Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफ चुनिए

    पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरीफ चुनिए

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। पाकिस्तानमा इमरान खानपछि अब शाहबाज सरिफ देशको भावी प्रधानमन्त्री बन्ने भएका छन् । पाकिस्तानको संसदमा सोमबार भएको  भएको मतदानमा उनले विजय हासिल गरेका हुन् । उनी विपक्षी दलका संयुक्त उम्मेदवार हुन् । उनले १७४ मत प्राप्त गरे । बहुमतका लागि १७२ मत आवश्यक पर्छ।

    यसअघि आइतबार अविश्वासको प्रस्तावमा मतदान गरेपछि इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।



    शाह महमूद कुरैशीलाई उनको पार्टी पाकिस्तान तहरीक इन्साफ (पीटीआई) ले उनको स्थानमा उम्मेदवार बनाएको थियो तर सोमबार मतदान गर्नुअघि उनले आफ्नो नाम फिर्ता लिएका थिए।



    उनको पार्टीले मतदानका क्रममा सदनको कार्यवाही बहिष्कार गरेको थियो । कुरेशीले एक मत पनि पाएनन् ।

    शाहबाज शरीफ पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ हुन् र पाकिस्तानमा राजनीतिक रूपमा सबैभन्दा शक्तिशाली मानिने पञ्जाब प्रान्तका मुख्यमन्त्री भइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार