Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन : दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

    स्थानीय तह निर्वाचन : दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २८ चैत्र २०७८
  • 1.5K
    SHARES

    दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शङ्कर डाँगीले जानकारी दिए ।



    पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ ।



    प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति बारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार