Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेना अपडेट: हालसम्म ७० हजार बढीमा कोरोना परीक्षण, तीन जनामा पुन: संक्रमण

    काेराेना अपडेट: हालसम्म ७० हजार बढीमा कोरोना परीक्षण, तीन जनामा पुन: संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं- नेपालमा गएको २४ घण्टामा १ हजार ८ सय ५९ जनाको नमूना परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ७० हजार २३ जनाको कोरोना परीक्षण भएको बताए।

    उनका अुनसार १५ हजार ४ सय ९२ जनाको पिसिआर र ५४ हजार ५ सय ३१ जनाको आरडिटिबाट परीक्षण भएको छ। त्यस्तै नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ।



    भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ। प्रवक्ता देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताए।



    नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ।

    संक्रमितमध्ये ७४ पुरुष र २८ महिला छन्। उपचाररत ७२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र ३ र बाहिर १ सय ३२ गरी कुल १ सय ३५ जना अस्पतालको आइसोलेसनमा छन्। मुलुकभर हाल १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार