Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने गठबन्धनको निष्कर्ष, सोमबार फेरि बैठक बस्ने

    स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने गठबन्धनको निष्कर्ष, सोमबार फेरि बैठक बस्ने

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ ।

    आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो ।



    यस्तै निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ । गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक सोमबार बिहान ९ बजे बस्ने जनाइएको छ।



    भोलि बिहान ९ बजे शीर्ष तहको बैठक बसेर अन्तिम निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् । भोलि नै गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने पनि जनाइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार