एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ ।
मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी रहदै एक सय ७१ रन बनाउँदा अलआउट भएको हो । कोलकत्ताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए ।
यस्तै नितिश रानाले ३० रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो ।
उसका लागि डेभिड वार्नरले ६१ र पृथ्वी शावले ५१ रन बनाए । बलिङतर्फ कोलकाताका सुनिल नरायनले दुई विकेट लिए ।
Leave a Reply