Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कल्याण कोषले प्रहरी अस्पताललाई दियो दुई करोड

    कल्याण कोषले प्रहरी अस्पताललाई दियो दुई करोड

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई दुई करोड हस्तान्तरण गरेको छ ।

    अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे ।



    सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गरेका थिए ।



    आजै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार