Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • स्थानीय निर्वाचनः घोषणापत्र बनाउन व्यस्त राजनीतिक दल

    स्थानीय निर्वाचनः घोषणापत्र बनाउन व्यस्त राजनीतिक दल

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 885
    SHARES

    काठमाडौं । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र बनाउन व्यस्त छन् ।

    नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।



    घोषणापत्रमा दलहरूका नीति तथा कार्यक्रम समेटिएका हुन्छन् । पार्टीको तर्फबाट निर्वाचनमा होमिएका उम्मेदवार निर्वाचित भएमा सोहीअनुसार पाँच वर्षे स्थानीय सरकार सञ्चालन गर्ने हुन्छ । जहाँ आर्थिक, सामाजिकदेखि भौतिक पूर्वाधार क्षेत्रमा विकासका एजेण्डा समेटिएका हुन्छन् ।



    स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार