चितवन । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरका आकांक्षी मनोनयन दर्ता गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेताहरुले माग गर्दै आइरहेका छन् ।
उनीहरू पार्टीका शीर्ष नेतालाई भेट्न काठमाडौंमा आएकै बेला कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्न लागेका हुन् ।
महानगरपालिकाको मेयरमा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, सूर्यकान्त घिमिरे, उत्तम जोशी, शंकर कँडेल लगायतले आकांक्षा देखाएका छन् ।
कांग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकांक्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न समय तोकेको छ ।
Leave a Reply