काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी गर्न पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्न लागेको हो । बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । ती प्रतिवेदन अध्ययन गरेपछि चुनावी तालमेलको ढाँचाबारे छलफल हुनेछ।
निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।
Leave a Reply