Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

    पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

    अनलाइन नेपाल
  • आइतबार, २७ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन् । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बनेका छन् ।

    विपक्षी दलहरूले उहाँको विरुद्धमा प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ ।



    संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिनुभएको थियो । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।



    पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार