एजेन्सी । रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको हो ।
रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो ।
यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ ।
रुसले किभ लगायत मुख्य सहर कब्जा गर्न सकेको छैन भने अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित भएको छ ।
रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले विफल बनाउँदै लगेपछि रुस मुख्य सहरबाट पछि हटेको छ ।
Leave a Reply