Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • अन्य पार्टीसँग मिलेर अगाडि बढ्ने

    सुदूरपश्चिममा जसपाले तोड्यो गठबन्धन

    सुदूरपश्चिममा जसपाले तोड्यो गठबन्धन

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.8K
    SHARES

    कैलाली । सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ ।

    केन्द्रमा गठबन्धका दलहरुबीच भएको सहमति विपरीत नेपाली कांग्रेसलाई मात्रै प्रदेश सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको हो । शनिवार धनगढीमा पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो ।



    प्रदेश सरकारलाई समर्थन दिँदै आएको (जसपा) ले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने जनाएको छ । (जसपा) बाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।



    शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । तर, जसपालाई सहभागी गराइएको छैन । ‘केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो,’ जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले भने, ‘तर जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौं ।’ उनले आगामी निर्वाचनमा सुदूरपश्चिममा गठबन्धन नहुने बताए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आवश्यकताअनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्ने तयार रहेको समेत जसपाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार