Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • तीन पटक चुनाव लड्दा झण्डै १० करोड खर्च गरे : कोइराला

    तीन पटक चुनाव लड्दा झण्डै १० करोड खर्च गरे : कोइराला

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले विगतमा भन्दा चुनाव निकै खर्चिलो भएको बताउँदै अहिले त चुनाव लड्छु भन्नेबित्तिकै ६र७ करोड चाहिने अवस्था रहेको बताएका छन् ।

    नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले आज गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको सुनाए ।



    उनले भने–‘हुन त यो अफ द रेकर्ड कुरा हो । मैले नवलपरासीबाट तीन पटक जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो । तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६र७ करोड चाहिने अवस्था छ ।’



    आसन्न निर्वाचनमा सकेसम्म कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका उनले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी पार्टीको चरित्रका कारण गठबन्धन गरेर चुनाव लड्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिएको बताए ।

    उनले भने–‘मेरो दृष्टिकोण कांग्रेस एक्लै लडनुपर्छ भन्ने हो । तर, सभापतिजीलाई भन्दा उहाँले मलाई भन्नुभयो कि माओवादी पार्टी जसको कुनै भविष्य नै छैन । यदि ऊ सँग हामीले गठबन्धन गरेनौँ भने ऊ फेरि एमालेसँगै मिल्छ । माओवादीको थोरै मत एमालेसँग मिल्दा फेरि हाम्रो अवस्था साँघुरिन सक्छ । केही हदसम्म मलाई त्यो कुरा पनि ठीकै लाग्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार