Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो : कोइराला

    कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो : कोइराला

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सभापति समक्ष एक्लै चुनाव लड्नुपर्ने प्रस्ताव राखेको पनि बताए ।

    कोइरालाले भने–‘म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ । र हामीले सम्बन्ध गाँसेनौ भने उनीहरु फेरि एमालेकहाँ जन्छन् । एमाले र माओवादी मिल्यो भने पूर्व चुनावकै हालत हुन्छ ।’



    सभापतिले कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको औंल्याउनु स्वभाविक भएको बताउँदै उनले फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम मोल्न नहुने बताए ।



    उनले भने–‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्‍याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थियो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’

    यद्यपी उनले नेपाली कांग्रेस चुनाव एक्लै लड्नपर्छ भन्ने पक्षमै रहेको बताए । उनले भने–‘म भरसक हामी नमिलेर एक्लै लड्नुपर्छ । नेपाली कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार