काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकाले निलम्बन गरेकोमा आपत्ति जनाएका छन्।
पोखरेलले सामाजिक सन्जालमा लेख्दै भनेका छन् , ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो- गभर्नरको निलम्वन ।
अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफै हुन् ।’
अर्थतन्त्रलाई संकटग्रस्त बनाएको भन्दै सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
पुरुषोत्तम भण्डारीपनि जनार्दन शर्माको नाता पर्ने एमालेले आरोप लगाउँदै आएको छ।
Leave a Reply