Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जनस्तरबाट लकडाउन उल्लङ्घन

    जनस्तरबाट लकडाउन उल्लङ्घन

    रासस
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    कैलाली । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउन कैलालीमा जनस्तरबाटै उल्लङ्घन भइरहेको छ । यहाँका मुख्य शहर धनगढी, अत्तरिया, सुखड, लम्कीलगायत बिहानैदेखि जनता लकडाउनको बेवास्ता गर्दै हिँडिरहेको देख्न सकिन्छ ।

    सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको शुरुआती चरणमा जनस्तरबाट उल्लङ्घन नभए पनि पछिल्लो समय बेवास्ता गर्दै बजारमा निस्कने, साथीभाइ जम्मा हुनेजस्ता क्रियाकलाप बढेको हो ।



    लकडाउन कार्यान्वयन गराउन प्रहरी दिनरात खटिए पनि त्यसले प्रभावकारिता लिन नसकेको सामाजिक अगुवाहरू बताउँछन् । कैलालीको घोडाघोडी नगरपालिका–८ का सामाजिक अगुवा तथा शिक्षाविद् शिवप्रसाद ढकाल लकडाउन जनताकै लागि हो भन्ने कुरा जनताले नबुझ्नु दुःखद् भएको बताउनुहुन्छ ।



    “लकडाउनको पूर्णपालना गराउन प्रहरी कठोर बन्नुपर्ने अवस्थामा खेतीकिसानीको समय भएकाले पनि प्रहरी पनि अलि लचक बन्नुपर्ने अवस्था आएको देखियो”, ढकालले भने, “बिहान र साँझपख भीड धेरै नै बढ्न थालेपछि सङ्क्रमणको चिन्ता थपिएको छ ।”

    लकडाउनको शुरुआती समयमा प्रहरीको व्यापक सक्रियता तथा जनस्तरमा रहेको त्रासका कारण लकडाउन कार्यान्वयनले सफलता पाएको भए पनि पछिल्लो समय लापरवाही व्यापकरूपमा बढ्न थालेको गौरीगङ्गा नगरपालिका उपप्रमुख अञ्चला चौधरीले बताए। आफूहरू प्रहरीसँग सहकार्य गरेर लकडाउन कार्यान्वयन गराउने काममा निरन्तर लागिपरेको भएता पनि पछिल्लो समय जनस्तरबाटै लापरवाही बढेको चौधरीले बताए ।

    कैलालीमा लकडाउनको उल्लङ्घन गर्ने एक हजार ७०० भन्दा बढी सवारीसाधन नियन्त्रणमा लिएको तथा ६०० बढीलाई निगरानीमा राख्नुका साथै १४ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए । लकडाउन कार्यान्वयन गराउन प्रहरी परिचालन बढाउनुका साथै लकडाउन उल्लङ्घन गर्नेमाथि विभिन्न किसिमका कारवाही गरिँदासमेत केही ठाउँमा विभिन्न बहानामा लकडाउन उल्लङ्घन बढेको प्रति प्रहरी सचेत रहेको र प्रहरी परिचालन बढाउँदै लकडाउन कार्यान्वयनमा लागेको बस्नेतले बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार