Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • महामन्त्री शर्माले भने – बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय स्वागतयोग्य

    महामन्त्री शर्माले भने – बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय स्वागतयोग्य

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेको भन्दै स्वागत गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत सरकारको उक्त निर्णयलाई स्वागत गरेका हुन् ।

    उनले बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीलाई आत्मालोचना गर्न र बूढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार भएको आरोप लगाउने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लज्जाबोध गर्न समेत सुझाए ।



    ‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्धेय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्धेय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔँ, अब बूढीगण्डकी बनाउन जुटौँ,’ महामन्त्री शर्माले लेखेका छन् ।



    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाबारे ०७५ असोज ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले गरेको निर्णय फिर्ता लिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार