काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान साढे ११ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बतइएको छ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।
Leave a Reply