Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गुजरातमा एकै परिवारका चार नेपालीले गरे आत्महत्या

    गुजरातमा एकै परिवारका चार नेपालीले गरे आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । कोरोना संक्रमणका कारण सोमबार नयाँदिल्लीमा बाग्लुङ घर भएका एक नेपालीको मृत्यु भएको छ । यसअघि शनिबार गुजरातमा बस्ने सुर्खेत घर भएका एकै परिवारका चार सदस्यले आत्महत्या गरेका थिए ।

    अहिलेको संकट सामना गर्न नसकेर उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको छ । त्यस्तै, पाँच दिनअघि दिल्लीनजिकैको गुरुग्राममा एक नेपाली महिलाले पनि आत्महत्या गरेकी थिइन् । दिल्लीस्थित नेपाली दूतावासले गुजरातमा आत्महत्या गरेका नेपालीका विषयमा विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।



    ‘आत्महत्याको कारण अहिलेको संकट नै हो कि अरू केही हो भन्ने विषयमा आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेका छौँ,’ दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले भने ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार