Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • नरैनापुर आगलागी पीडितलाई जस्तापाता र एक–एक लाख दिने केपी ओलीको घोषणा

    नरैनापुर आगलागी पीडितलाई जस्तापाता र एक–एक लाख दिने केपी ओलीको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 969
    SHARES

    फाइल तस्विर

    बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताएका छन् ।

    नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन् ।



    अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भने । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरे ।



    अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु एक÷एक लाख दिने घोषणा पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार