काठमाडौं। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला)ले उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा शपथ ग्रहण गरेका छन् ।
बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए ।
गैरसांसद बन्दीलाई प्रधानमन्त्री देउवाले मन्त्री बनाएका हुन् । उनले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।
कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएको छ ।
Leave a Reply