Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त

    कानुन मन्त्रीमा अधिवक्ता गोविन्द बन्दी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदमा अधिवक्ता गोविन्द बन्दीलाई नियुक्त गरिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता बन्दीलाई कानुनमन्त्री पदमा सिफारिस गरेका हुन् ।



    प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।



    राष्ट्रपति कार्यालयका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी भइरहेको छ ।

    कानुनमन्त्री हाल दिलेन्द्र बडू छन् ।

    बन्दीलाई कानुनमन्त्रीमा प्रधानमन्त्री देउवाले नियुक्त गरेपछि वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार