Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • विदेश भ्रमणमा नजान देशवासीलाई सरकारको अपिल

    विदेश भ्रमणमा नजान देशवासीलाई सरकारको अपिल

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ । सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ । पछिल्लाे समय चीनबाट सुरू भइ कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गर्दै आग्रह गरेको हाे। सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपिल गरेको छ ।

    सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपिल गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।



    उनकाअनुसार दक्षिण कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ । मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपिल गरेको छ ।



    आइतबार मात्र ३० जना नेपालीलाई बहराइनले इमिग्रेसनबाट प्रवेश नदिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मध्य पूर्वमा जान सरकारले रोक त लगाएको छैन । तर कामका लागि होस या अध्ययनका लागि नजान प्रवन्ध गर्न आग्रह गरेका छौं ।’

    त्यस्तै कोरोनाभाइरसको संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

    चीनपछि सबैभन्दा धेरै इरानमा २ सय ९० जनाको मृत्यु भएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

    विश्वका ५० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेड्रोसले अहिलेसम्म भाइरसहरु स्वतन्त्र रुपमा फैलिएको प्रमाण अहिलेसम्म फेला नपरेको बताए ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार