Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आजदेखि लकडाउन खुकुलाे, बैंक तथा वित्तीय संस्थाले सबै शाखा सञ्चालन गर्दै

    आजदेखि लकडाउन खुकुलाे, बैंक तथा वित्तीय संस्थाले सबै शाखा सञ्चालन गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । जसकारण बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने भएका छन् । कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।

    सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति बन्द गर्नसक्ने छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न शाखा आलोपालो सञ्चालन गर्दै आएका थिए



    चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्याेगसहित बैंक तथा वित्तिय संस्थाहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेकाे थियाे। खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको थियाे ।



    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियाे । केही उद्योग प्रतिष्ठानसहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार