Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • व्यवस्थित र सुन्दर शहर निर्माण गर्न दिर्घकालिन योजना आजको आवश्यकता : प्रदीप पौडेल

    व्यवस्थित र सुन्दर शहर निर्माण गर्न दिर्घकालिन योजना आजको आवश्यकता : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्री सदस्य प्रदीप पौडेलले ढल व्यबस्थापन, खोलानाला प्रदूषण, खनिज जन्य पदार्थको अन्धाधुन्ध प्रयोग, शुद्ध खानेपानी, वातारवरण लगायतका सवालहरुलाई चुनावी घोषणापत्र समेट्न आग्रह गरेका छन् ।

    स्थानीय तह देखि नै सुन्दर गाउँ र सुन्दर शहर निर्माणका लागि आजका सामान्य तर प्रमुख समस्या यी सवालहरु रहेको भन्दै उनले प्रमुख ढंगले अध्ययन गरी यस्ता मुद्धाहरुलाई घोषणापत्र समेट्न आग्रह गरेका हुन् ।



    व्यवस्थित र सुन्दर शहर निर्माण गर्न दिर्घकालिन योजना आजको आवश्यकता भएको उनले बताए । उनले काठमाडौँले भोगेको शहरीकरणको मोडेल अन्य शहर र शहर उन्मुख क्षेत्रहरुले नक्कल गरेको टिप्पणी समेत गरेका छन् ।



    अस्तव्यस्त शहरीकरण र मानवीय जीवनका अति आवश्यक सेवा सुविधा शहर केन्द्रित हुँदा हाम्रा शहर अव्यवस्थित भीड जस्तै बन्न पुगेको उनले बताए । आफ्नो सभ्यताको सुन्दर इतिहास बोकेको काठमाडौं आज अस्तव्यस्त भएको छ,’उनले भने,’हुलका हुल सवारी र पट्यार लाग्दो सडक जाम, खोलामा मिसिएका अव्यस्थित ढल, अस्वस्थ खानेपानी, प्रदूषण, इनार र त्युबवेलमा पानी सुक्दै जाने देखि, सधैं उच्च ग्राफमा रहने प्रदुषण लगायतका सयौ समस्या झेलिरहेको दृष्टान्त हाम्रा सामु छर्लङ्ग छ ।’

    ‘फेरि, अरु सहरको विकास पनि यसरी नै हुने हो भने सिङ्गो देशलाई ठूलो समस्या आईपर्ने छ,’ उनले भने । त्यसैले आगामी स्थानीय तहको निर्वाचनमा हाम्रा प्रत्येक पार्टीहरुले हवाई सपना होईन, आम नागरिकले सरल जीवन जिउन दैनिक रूपमा भोगी रहेका समस्यालाई पहिलो प्रथामिकता दिन आवश्यक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार