Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजकाे माैसम: चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना

    आजकाे माैसम: चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ । आगामी २४ घण्टामा देशको पुर्वी भू-भागका थोरै र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।



    आगामी तीन दिनको मौसम पूर्वानुमान



    शुक्रबार

    दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू-भागका थोरै स्थानहरूका साथै मध्य र पश्चिमका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

    राति: देशको पूर्वी भु-भागमा सामान्य बदली र मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ । पुर्वी भू-भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    शनिबार

    दिउँसोः देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    राति: मध्य र पुर्वका भू-भागमा सामान्य बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    आइतबार

    दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमि भू-भागका केहि स्थानहरुमा अनि मध्य र पुर्वका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    राति: देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार