Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंमा सुन लुटपाट, भारतीय नागरिक पक्राउ

    काठमाडौंमा सुन लुटपाट, भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुन लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् ।



    काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा तामाङ लाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तर गेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार