Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजबाट लकडाउन केही खुकुलो

    आजबाट लकडाउन केही खुकुलो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ ।

    चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बन्द भएका केही उद्याेगहरूलाइ सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेकाे हाे। खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय सरकारले गरेको हाे ।



    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको थियाे । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा सरकारले यस्ताे निर्णय गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे थियाे।



    उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता सुरक्षाका अपानाउनुपर्ने प्रावधान राखिएको छ । सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुड्दा सुरक्षा निकायले नरोक्ने निर्णय पनि भएको छ ।

    श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने सरकारका निर्णयमा उल्लेख रहेकाे उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गरिनुपर्ने तर कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिहरुसाग सम्पर्कमा आउनदिन नहुने नियम बनाइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार