काठमाडौं । आगामी बैशाखमा हुने स्थानीय निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् ।
उन्नत लोकतन्त्र पार्टीले केसीलाई काठमाडौं महानगरको मेयर पदमा उठाउने निर्णय गरेको हो।
स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।
Leave a Reply