काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् भने एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जनामा संक्रमण देखिएकाे छ।
अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित २ लाख १६ हजार ८३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९८ हजार ३७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ९५८ को अवस्था गम्भीर छ । चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्
यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।
Leave a Reply