Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आईपीएल क्रिकेट : बेङ्ग्लोरको दोस्रो जित, राजस्थान पराजित

    आईपीएल क्रिकेट : बेङ्ग्लोरको दोस्रो जित, राजस्थान पराजित

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । जारी प्रतियोगतामा राजस्थानको यो पहिलो हार हो ।

    वान्खडे मैदानमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७० रनको लक्ष्य बेङ्ग्लोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।



    बेङ्ग्लोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए । यस्तै दिनेश कार्तिकले अविजित ४४ रन जोडे । राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।



    राजस्थानका जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका डेभिड विलि, वानिन्दु हसरङ्गा डी सिल्भा र हर्सल पटेलले १/१ विकेट लिए । जितसँगै बेङ्ग्लोरले ३ खेलमा ४ अङ्क जोडेको छ । राजस्थानको ३ खेलमा ४ अङ्क छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार