काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति नेपाल मगर संघ रुपन्देहीले आपत्ति जनाएको छ ।
ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति संघले आपत्ति जनाएको हो ।
संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाएको छ ।
ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।
पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती समेत दिएका छन् ।
Leave a Reply