काठमाडौं । निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल गर्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने लागेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित केही नेता बालुवाटार पुगिसकेका छन् ।
आजको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुनेछ ।
गत बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।
Leave a Reply