Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • १८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

    १८ लाख रुपैयाँसहित २ भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    मलंगवा । सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको झन्डै १८ लाख रुपैयाँसहित सर्लाहीबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् ।

    सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोस्टबाट सशस्त्र प्रहरीले बुधबार १७ लाख ९० हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।



    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उक्त परिमाणमा स्रोत नखुलेको रकम फेला परेको हो ।



    सशस्त्रको टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार