Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा

    लकडाउन उल्लंघन गर्ने १८ सय २१ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ८२१ जनालाई नियन्त्रणमा लिएको छ। सरकारले कोरोना भाइरसको जोखिम रोक्न लागू गरेको लकडाउनको अटेरी गरी सडकमा निस्किनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    काठमाडौंमा सबैभन्दा बढी एक हजार ५६५, ललितपुरमा २३८ जना र भक्तपुरमा १८ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए।



    यसैगरी आज दिनभर ४८० दुई पाङ्ग्रे र ५० वटा चारपाङ्ग्रे गरी ५ ३० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।कोभिड-१९ जोखिम बढ्न थालेपछि सरकारले गत चैत ११ गते देखि लकडाउनलाई निरन्तरता दिएको छ । लकडाउन अवधि पछिल्लो पटक थपेर ५ जेठसम्म लम्ब्याइएको छ।



    प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई कोरोना सम्बन्धी जानकारी दिएर पठाउने गरेको छ । प्रहरीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आम नागरिकलाई घरभित्रै सुरक्षित रहन समेत आग्रह गर्दै आएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार