Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रहरीद्धारा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार

    प्रहरीद्धारा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौंमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्दार गरिएको छ । सिन्धुपाल्चोक तातोपानी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालीका वडा नम्बर ३ मित्रचोकमा डेरा गरी बस्ने बर्ष ४५ की पेमा शेर्पालाई इनारबाट प्रहरीले सकुसल उद्धार गरेको हो ।

    मित्रचोकस्थित हरि श्रेष्ठको घरबाट उनी हराई रहेको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो । महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलीद्वारा खोज तलासमा खटिएको थियो । खोजी गर्ने क्रममा श्रेष्ठकै घरमा रहेको इनारभित्र उनी अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    त्यसपश्चात प्रहरी प्रधान कार्यालय बिपत ब्यबस्थापन महाशाखा सामाखुशीमा उद्दारको लागि समन्वय गरिएको थियो । बिपत ब्यबस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको प्रहरी टोली गरी १७ जनाको प्रहरी टोलीले अन्दाजी ५० फिट गहिरो इनारमा खसेकी महिलाको उद्वार गरेको हो ।



    उनलाई उपचारको लागि बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित करुणा अस्पतालमा लगी उपचार भइरहेको प्रहरीले जनाएको छ । उनी अहिले बोल्न सक्ने भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार