Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • भरतपुरमा मेयर नपाए चुनाबी गठबन्धन तोड्ने चितवन कांग्रेसको घोषणा

    भरतपुरमा मेयर नपाए चुनाबी गठबन्धन तोड्ने चितवन कांग्रेसको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.8K
    SHARES

    चितवन ।   नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो तर्फबाट मेयर पद नपाए  चुनाबी गठबन्धन तोड्ने घोषणा गरेको छ।

    आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको हो ।



    भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ ।



    नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने महानगर प्रमुख नेपाली कांग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको हो  ।

    हाल महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन कांग्रेसले नै अघिल्लो चुनावमा सहयोग गरेको थियो ।

    कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।

    माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दाबी रहने जिकिर गरेका थिए। तर, त्यसको बिरोधमा कांग्रेसको शेखर कोइराला समूहले आवाज उठाइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार